सुनको भाउ अहिलेसम्मकै महँगो

सुनको भाउ अहिलेसम्मकै महँगो


काठमाडौं । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा किनबेच भइरहेको छ। तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० रुपैयाँ पुगेको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ पुगेको थियो। आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।शुक्रबार चाँदी १४ सय रुपैयाँ कारोबार भएको थियो।