सुनचाँदीको मूल्य वृद्धि

 सुनचाँदीको मूल्य वृद्धि

काठमाडौ, ७ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीकै मूल्य बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

 बुधबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको थियो । मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ ।

 बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ थियो । यस्तै, आज १० रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको कारोबार प्रतितोला १४ सय १५ रुपैयाँमा भएको थियो ।