स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्दै त्रिवि 

स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्दै त्रिवि 


काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै संकायको स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्न पत्रहरु अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो  ।

त्रिविले आगामी प्रथम बर्षको परीक्षा देखि नै लागु गरि क्रमशस् दोस्रो, तेस्रो र चौथो बर्षमा लागु गर्ने जानकारी दिएको छ  ।