समृद्ध नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन :  वनमन्त्री महतो

समृद्ध नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन :  वनमन्त्री महतो

काठमाडौ, २१ साउन । वन संरक्षण ठूलो चुनौतीको रुपमा रहेको वन तथा वातावरण मन्त्री डा.बीरेन्द्रप्रसाद महतोले बताएका छन् । आज राउण्ड टेबल नेपालको आयोजनामा काठमाडौंको टेकुमा आयोजित १ लाख वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले वृक्षरोपण गर्ने गरिए पनि त्यसको संरक्षण चुनौती बनेको बताएका हुन् ।

मन्त्री महतोले वनलाई पनि रोजगारीसँग जोडिने बनाउनु पर्ने बताएका छन् । वन तथा वन भित्र रहेका वन्यजन्तुहरुप्रति भएको द्धन्दहरुलाई न्यूनीकरण गर्न आवश्यक भएको उनको भनाइ छ ।

वनमन्त्री महतोले भने, ‘ वन लगाउन सफल भयौं तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रुपमा रहेको छ । अहिले पनि जंगल भित्र काठहरु छन्। त्यसका्े प्रयोग गर्न सकिरहेका छैनौं । बाहिरबाट काठहरु मगाउनु परिरहेको छ । समृद्ध र हरियो नेपाल बनाउने तपाईहरुको सोंच र लक्षका कार्यहरु छ त्यसबाट सरकार पछि हट्दैन् । तपाईहरुले जुनसुकै वेला पनि तपाईहरुलाई चाहिएको सहयोग गर्न तयार छौं । म तपाईहरु संग छु ।