सेयर बजारमा आज नेप्से झिनो अंकले लाग्यो ओरालो 

1.

साताको तेस्रो दिन सेयर बजारमा नेप्से फेरि पनि ओरालो लागेको छ।  मंगलबार नेप्से परिसूचक ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा  कायम भएको हो।  

 आज सेयर बजारमा  २९ लाख ७५ हजार ९२० कित्ता सेयर ८७ करोड ४ लाख ४८ हजार १५२ रुपैयाँमा खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  जसमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। कालिञ्चोक दर्शन र मोलुंग हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यस्तै आज  प्रभु बैंक (प्रोमोटर सेयर)ले ५ करोड बढिको कारोबार गर्दै शीर्षस्थानमा  रहेको छ।  साथै शिवम् सिमेन्टले ३ करोड ९८ लाख र नेस्डो समृद्धि लघुवित्त वित्तीयले सेयर ३ करोड बराबरको कारोबार गरेका छन्।  

नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर कारोबारमा आएका १३ उपसमूहमध्ये ३ को मूल्य बढ्यो भने बाँकी १० को मूल्य घट्यो। ​​​​​​​होटल्स एन्ड टुरिजम उपसमूहको सूचक १.१७ अंकले बढेको छ।