सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद्‌का दुवै सदनको अधिवेशन अन्त्य

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद्‌का दुवै सदनको अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गरेकी हुन्। 

राष्ट्रपति भण्डारीले चैत १ गते (मंगलबार) राति १२ बजेदेखि 'लागू हुने गरीु संसद्‌का दुवै अधिवेशन अन्त्य गरेकी हुन्। मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। 

मंसिर २८ गते चालु अधिवेशन शुरु भएको थियो। यो अधिवेशन अवधिभर प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गरिरह्यो।