सौराहाका एकजना व्यवसायीद्वारा मातातिर्थ औंसीमा दृष्टिविहीन विद्यार्थीलाई भोजन

1.

आज सौराहाका एकजना व्यवसायीले मातातिर्थ औंसीको अवसर पारेर दृष्टिविहीन विद्यार्थीलाई भोजन गराएका छन् । सौराहाको हात्तीचोकमा सुर्यदय गेष्टहाउस तथा सौराहा थकाली किचनका सञ्चालक गोकर्ण गिरीले दृष्टिविहीन विद्यार्थीलाई भोजन गराएका हुन् ।

यस्तै रेवान सौराहाका पूर्व अध्यक्ष समेत रहेका गिरीले झुवानी माविमा आश्रित २० जना विद्यार्थीलाई भोजन गराएका छन् । सौराहा स्थित रेष्टुरेन्टमै ल्याएर नेपाली र विदेशी खानाका परिकार खुवाएको बताउँदै गिरीले विद्यालयको आश्रममा बसेर समाहित शिक्षा आर्जन गरिरहेका दृष्टिविहीन बालबालिकालाई भोजन गराएर उनीहरुलाई पर्व मनाउने वातावरण सृजना गरेको जानकारी दिए  ।

यस्तै ८४ बर्ष पुगिसकेका गिरीका बुवालगायत परिवारका अन्य सदस्यहरुले पनि बालबालिकालाई टिकाटालो गरि दक्षिणा समेत प्रदान गरि उक्त पर्व मनाइएको समेत बताए । उनको अनुसार श्रोत शिक्षिका सभ्यता खनालले व्यवसायी गिरीले दृष्टिविहीन विद्यार्थीको शिक्षाका लागि निरन्तर सहयोग आएकी छन्  ।


यस्तै आज मातातीर्थ औंसीको दिन सबैले आमालाई पुजा गर्ने र मिष्ठान्न भोजन गराउने प्रचलन रही आएको छ ।