सुस्ताको ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस्: सांसद  विनोद चौधरी

1.

सांसद  विनोद चौधरीले नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउन प्रधानमन्त्रि पुष्पकमाल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।  प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भारत र नेपालका बीचमा ५० वर्ष पुराना जीर्ण भएका संरचनाहरु पुननिर्माण कार्य दुविधामा रहेको टिप्पणी गरे।  

यस्तै उनले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुवानमा परेको समेत बताए । 

उनले भने, सुस्ताको मात्र नभई कोशीको समस्या पनि समाधान होस्। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस् र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस्