चौतर्फी आलोचनापछि चन्द्रागिरिमा साडी वितरण कार्यक्रम स्थगित

चौतर्फी आलोचनापछि चन्द्रागिरिमा साडी वितरण कार्यक्रम स्थगित

काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ ले साडी वितरण कार्यक्रम स्थगित गरेको छ। निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै चौतर्फी आलोचना भएपछि कार्यक्रम स्थगित गरेको हो। चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को कार्यालयले आचारसंहिता उल्लंघन गर्दै शनिबार साडी बाँड्न लागेको थियो।

कार्यालयले सूचना नै निकालेर वडा कार्यालयमा साडी पाऊँ भनेर आवेदन दिएका महिलाले वडा कार्यालय मातातीर्थमा दिउँसो २ बजे पुगेर साडी बुझिलिन भनेको थियो। कार्यालयले सूचना नै निकालेर वडा कार्यालयमा साडी पाऊँ भनेर आवेदन दिएका महिलाले वडा कार्यालय मातातीर्थमा दिउँसो २ बजे पुगेर साडी बुझिलिन वडाध्यक्ष सन्तोष खड्काद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

वडा सदस्य सविना राउतका अनुसार वडाभित्रका २८ जना महिला तथा आमा समूहका ७ सय सदस्यलाई साडी बाँड्ने तय भएको थियो तर नगर कार्यपालिका सदस्य कृष्णमाया पुर्कोटीले भने भूलवश सूचना जारी भएको बताइन्। उनका अनुसार साडी वितरण कार्यक्रम स्थगित भइसकेको छ।

यो कार्यक्रम निर्वाचन आचारसंहिता २०७८ विपरीत भएको भन्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघन गरी साडी वितरण गरे कारबाही हुने बताए ।