ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ५०० र चाँदीको १० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ तोकिएको छ। बुधवार प्रतितोला ९८ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ बिहीवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला  ९८ हजार ५०० रूपैयाँ कायम गरिएको छ। अघिल्लो दिन ९८ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।  बुधबार चाँदी तोलाको १३ सय ३५ रुपैयाँमा खरिद बिक्री भएको थियो।