ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।