हत्या आरोपमा एकजना पक्राउ

हत्या आरोपमा एकजना पक्राउ


काठमाडौं, २८ वैशाख ।  गल्छी गाउँपालिका–८ कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–८ बस्ने २६ वर्षीय निरज पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका निबुवा बोटस्थित होटलमा निरजले छुरा प्रहार गर्दा विनोद गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्छी र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले निरजलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते बिनोदको अम्बे भरोषा अस्पताल गल्छी हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।