चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

 श्रीमतीलाई चिर्पट र ढुंगा प्रहार गरेर  हत्या गरेको आरोपमा सिन्धुपाल्चोकमा एक जना पक्राउ परेका छन् । 

चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेकी ४४ वर्षीया सुकुमाया तामाङको हत्या गरेको आरोपमा ४४ वर्षीय दाउरे भन्ने मेखबहादुर तामाङलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो । 

घरायसी बादविवादका क्रममा मेखबहादुरले श्रीमतीलाई चिर्पट र ढुंगा प्रहार गरेका थिए । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।