हमास–इजरायलको युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

हमास–इजरायलको युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो


काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिच जारी युद्दमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरू भएको युद्दमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको छ ।

गाजाको गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाले मारिएका पत्रकारको संख्या ९९ पुगेको बताएको हो । इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको उनको परिवारको बसिरहेको घरमा बमबारी गरे पछि गाजामा मारिएका मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन्।