२० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक

२० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक


काठमाडौं । बजारमा अधिक तरलताको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो साँवा र ब्याज भुक्तानी मिति पुस १२ गते निर्धारण भएको छ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।