५४ प्रतिशतले बढ्यो हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा

५४ प्रतिशतले बढ्यो हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा


काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले ती महिनाको अवधिमा गत वर्षको तुलनामा ५४ प्रतिशतभन्दा बढीले नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म ५४.३६ प्रतिशतले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.३६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने १हजार ५५८.४९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५४.१९ प्रतिशत घटेको छ भने कुल खर्च ७२.८५ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ४ पैसा बढेर ५ रुपैयाँ ४१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.४९ गुणा रहेको छ ।