९ प्रतिशत लाभांश दिने ग्लोबल आइएमई बैंकको घोषणा

९ प्रतिशत लाभांश दिने ग्लोबल आइएमई बैंकको घोषणा

काठमाडौं । शेयरधनीहरुलाई ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७९–८० को नाफाबाट ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जनाएका छन् ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।