नेपाल र चीनबीच ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सिंहदरवारमा आयोजित समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यीसहितको प्रतिनिधि र परराष्ट्रमन्त्री नारायण खड्कासहितको नेपाली प्रतिनिधिको सभागितामा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपाल-चीन अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन, नेपाल(चीन पावर ग्रिड इन्टर कनेक्सन सम्भाव्यता अध्ययन गर्ने समति भएको हो।

त्यस्तै नेपालबाट घाँस निर्यात गर्ने समझदारी, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्क मिनाहा, तेस्रो चरणअन्तर्गत अरनीको राजमार्ग स्तरोन्नति, रेलवे क्षेत्रमा सहयोग, कोरोनाविरुद्धको खोप आपूर्ति सम्बन्धमा सहमति भएको हो।

त्यस्तै चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसअघि परराष्ट्रमन्त्री खड्का र वाङबीच 'वान टु वान' वार्ता भएको थियो। भेटवार्तामा दुई देशको हित सम्बन्धमा कुराकानी भएको बताइएको छ।

सिंहदरवारमा आयोजित द्विपक्षीय वार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। शिष्टाचार भेटवार्तापछि कास्कीको पोखरामा निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो।