अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको संन्यास, अन्तिम खेलमा एक गोल र दुई असिस्टपछि भावुक बिदाइ
अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।
अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ ।
ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल खेलेका हुन् ।
अर्जेन्टिनाका लागि यो मेसीको २०८औं अन्तर्राष्ट्रिय खेल थियो । उनले खेलको १०औं मिनेटमा आफ्नो प्रसिद्ध १० नम्बरको जर्सीको सम्मानमा भएको एक मिनेटको तालीपछि मैदानमा भावुक क्षण बिताए ।



थर्ड पोल 