अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्दै चलचित्र विकास बोर्ड
बोर्डको चालू आ.व. २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुन लागेको हो । कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल (fdbworkshop2024@gmail.com) मार्फत आवेदन पेस गर्न सकिनेछ ।
कार्यशालामा सहभागी हुन पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिइने बताइएको छ । कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले बताए ।
थर्ड पोल 