'अस्वस्थ' भएपछि दाङ नगई काठमाडौं फर्किए बालेन
स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का वरिष्ठ नेता तथा बालेन शाह अस्वस्थ भएपछि दाङको कार्यक्रम छाडेर काठमाडौं फ*र्किएका छन्।पार्टीका नेताहरूका अनुसार बिहीबार बेलुकी उनी कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जहाजमार्फत काठमाडौं फर्किएका हुन्।यद्यपि, उनलाई के समस्या भएको हो भन्नेबारे आधिकारिक रूपमा खुलाइएको छैन।शुक्रबार घोराही, दाङमा आयोजना गरिएको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेसँगै बालेन सहभागी हुने कार्यक्रम थियो। तर स्वास्थ्य समस्याका कारण उनी उपस्थित हुन नसक्ने सम्भावना रहेको बताइएको छ। यदि दाङ आउन नसके भैरहवाको कार्यक्रममा भने सहभागी हुने तयारी रहेको स्रोतले जनाएको छ।बालेन पहिलो पटक दाङ आउने खबर सार्वजनिक भएपछि तुलसीपुरको वीरेन्द्र चोकलगायत विभिन्न स्थानमा समर्थकहरू स्वागतका लागि भेला भएका थिए। तर उनी काठमाडौं फर्किएको खबर आएपछि समर्थकहरू निराश बनेका थिए।
थर्ड पोल 