आईपीओ जारी गर्दै जय अम्बे स्टिल्स

आईपीओ जारी गर्दै जय अम्बे स्टिल्स


काठमाडौं । जय अम्बे स्टिल्सले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । यहि मंसिर २५ गते बसेको बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको हो । साधारणसभाबाट यो निर्णय पारित भएपछि मात्रै निष्कासनका लागि कम्पनीले अरु प्रक्रिया अघि बढाउने छ ।

पुस २६ गतेका लागि कम्पनीले कर्पोरेट कार्यालयमा साधारणसभा बोलाएको छ । साधारणसभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव, नगद प्रवाहको विवरण सहितका लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित पनि गर्नेछ ।

त्यस्तै अधिकृत पुँजी बढाउने निर्णय पनि गर्नेछ ।शिवम्, घोराही, सोनापुर सिमेन्ट उद्योगका कम्पनी दोस्रो बजारमा सूचीकृत भइसकेका छन् भने सर्वोत्तम सिमेन्टको निष्कासन प्रक्रिया पूरा हुँदैछ । अम्बे स्टिल उद्योगले पनि आईपीओका लागि प्रक्रिया अघि बढाउन साधारणसभामा प्रस्ताव लगेको हो ।