आगलागीका कारण एक वृद्धाको मृत्यु
काठमाडौं । रोल्पाको माडी गाउँपालिका–५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ । आगलागीमा परेर ७५ वर्षीया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपरान्ह ४ः४५ बजे अचानक आगलागी भएको थियो ।
घरमा पशु चौपाया नभएको र आगलागी भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । तर वृद्धाको शरीर जलेकाकारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए ।
प्रहरीका अनुसार घरमा हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए । तर आगलागीका बेला छोरा घरमा थिएनन् । आगलागीको कारण भने खुलेको छैन ।
थर्ड पोल 