आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो काउली

आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो काउली

काठमाडौं ।  आइतबार तने बोडी, काउलीलगायतका तरकारी तथा फलफूलको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार यसअघिको तुलनामा स्थानीय काउलीको भाउ प्रतिकेजी ५ रुपैयाँले बढेको छ भने तने बोडीको भाउ २१ रुपैयाँले बढेको छ । यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको स्थानीय काउलीको भाउ बढेर आज ७० रुपैयाँ पुगेको छ भने तने बोडी प्रतिकेजी ९५ रुपैयाँबाट ११६ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज ठुलो गोलभेडा (नेपाली), डल्लो भन्टा, तराई परवर, घिरौला, रातो बन्दा, रुख कटहर, लौका र भेडे खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, लोकल बन्दा १७ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा २९ रुपैयाँ २५ पैसा, रातो आलु ५२ रुपैयाँ ३३ पैसा, रातो आलु भारतीय र मुडेको आलु ४७ रुपैयाँ र सकुको प्याज ७७ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

त्यस्तै, लोकल गाजर, सिमी, चिचिण्डो र तितो करेला प्रतिकेजी ४५ रुपैयाँ, स्थानीय ज्यापु काउली, गान्टे मूला र लोकल काक्रो प्रतिकेजी ७५ रुपैयाँ, लाम्चो भन्टा हाइब्रीड काक्रो, रायोको र तोरीको साग र फर्सी प्रतिकेजी ३५ रुपैयाँ, राजमा सिमी १२५ रुपैयाँ, भटमासकोशा ११५ रुपैयाँ र लोकल परवर ८५ रुपैयाँ पर्नेछ ।