आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो डल्ले च्याउ

 आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो डल्ले च्याउ

काठमाडौं । आज कालीमाटी बजारमा सुकेको प्याज, स्थानीय ज्यापु काउली र कन्य च्याउको भाउ बढेको छ भने डल्ले च्याउको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार यसअघि प्रतिकेजी ८० रुपैयाँ ६० पैसा रहेको सुकेको प्याजको भाउ बढेर ८२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, स्थानीय ज्यापु काउली प्रतिकेजी ६५ रुपैयाँ रहेकोमा आज बढेर ७६ रुपैयाँ ६७ पैसा र कन्य च्याउ १६० रुपैयाँबाट बढेर १७२ रुपैयाँ पुगेको छ । यता, डल्ले च्याउको भाउ भने प्रतिकेजी ४८ रुपैयाँले घटेको छ । यसअघि प्रतिकेजी ४ सय रुपैयाँ रहेको डल्ले च्याउको भाउ घटेर आज ३५२ रुपैयाँमा झरेको मूल्यसूचीमा उल्लेख छ ।