उद्योग व्यवसायीहरुको मागलाई सम्बोधन गर्नु आफ्नो पहिलो प्राथमिकताः बज्राचार्य समूह ।

उद्योग व्यवसायीहरुको मागलाई सम्बोधन गर्नु आफ्नो पहिलो प्राथमिकताः बज्राचार्य समूह ।

 

असोज १८

औद्योगिक उत्पादन, प्रवर्द्धन, आयात, निर्यात र बजारीकरण सम्बन्धी समस्या समाधानका लागि ललितपुरका उद्योगी व्यवसायीले सरकार समक्ष विभिन्न माग राखेको वर्षौं भइसकेको छ ।

उद्योग मैत्री वातावरण बन्न नसक्दा लगानीको अवसर गुमाउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुले चिन्ता व्यक्त गर्दै आईरहेका छन् ।

अर्थतन्त्रमा कोभिड–१९ को असर अझै परिरहेको बताउदै ललितपुरका उद्योग व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको गलत नीति, सरकारको दोहोरो कर, पूँजी परिचालनमा नियन्त्रणमुखी नीतिका कारण, उद्योगी व्यवसायीहरुको समस्या झन्झन् बढ्दै गएको गुनासो राख्दै आईरहेका हुन् ।

तर ललितपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचन मार्फत आउने नयाँ नेतृत्वले यस्ता समस्याको समाधानका लागि भुमिका खेल्ने कुरामा भने उनीहरु विश्वस्त छन् ।

संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएको बिश्व राज बज्रचार्य समूहले पनि उद्योगी व्यवसायीहरुको मागलाई सम्बोधन गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएको छ ।

बज्रचार्य समूहका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका बिश्वराज बज्रचार्यले निजी क्षेत्रलाई परेको अप्ठ्यारो प्रति ऐक्यवद्धता व्यक्त गर्दै उद्योगी, व्यवसायीहरुको माग सरकार समक्ष पुयाउन व्यावहारिक रुपमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बज्रचार्य समूहले सार्वजनिक गरेको १५ बुँदे प्रतिबद्घता मध्ये पहिलो नम्बरको प्रतिबद्घतालाई स्मरण गराउदै अध्यक्ष पदका प्रत्यासि बज्रचार्यले उद्योगी व्यवसायीहरुको जायज मागका सम्बन्धमा आपूmहरु गम्भीर रहेको बताउनु भएको हो ।

समूले जारी गरेको प्रतिबद्धताको पहिलो नम्बर यस्तो रहेको छ–“ ललितपुर जिल्ला भरि रहेको सम्पूर्ण वस्तुगत संस्थाहरु र स्थानिय व्यवसायीहरुको सुझावका आधारमा समस्याहरुको पहिचान गरि उनीहरुको प्रत्यक्ष संलग्नतामा नितिगत र विषयगत आवश्यकता पुर्ति गर्न स्थानिय, संघिय र केन्द्रिय सरकारलाई घच्घचाउनुका साथै यस संघलाई शसक्त वकालत गर्ने व्यवसायहरुको संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने ।”

२०२३ साल चैत्र ४ गते स्वर्गीय बेखानाथ श्रेष्ठको नेतृत्वमा स्थापना भएको ललितपुर उद्योग वाणिज्य संघकोे ४४ औं साधारण सभा तथा अधिवेशन असोज १९ र २० गते हुदै छ ।