कांग्रेसको अवरोधकाबीच संसद बैठक संचालन
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा अवरोधका बीच बैठक संचालन गरेका छन् ।आजको बैठकमा सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीचमा संचालन गरेका हुन् ।
कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरिरहेको बेला सभामुखले बैठक संचालन गरेर राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव र राजनीतिक दल सम्बन्धि विधयेक फिर्ता गर्ने प्रस्ताव पारित गराएका थिए । संसदको अर्को बैठक जेठ ११ गते बस्ने गरि स्थगित भएको छ ।
थर्ड पोल 