कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने जीवन परियारको घोषणा
कांग्रेस नेता जीवन परियारले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यसअघि पार्टीको सहमहामन्त्री भइसकेका नेता परियारले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने भएका हुन्। परियारले आइतबार सामाजिक सञ्जालमार्फत् आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।
कांग्रेसले विधानमा संशोधन गर्दै वरिष्ठ उपभापतिसहित चार जना उपसभापतिको व्यवस्था गरेको छ।
जसमध्ये एक जना महिला उपसभापति हुनेछिन्।
कास्की-१ बाट सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका परियारले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिन लागेका हुन्।
उनी यसअघि १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए
परियार कांग्रेसको ८ दशक लामो इतिहासमा दलित समुदायबाट पहिलो पटक पदाधिकारी निर्वाचित भएका नेता हुन्।
सहमहामन्त्री भएपछि परियार ०७९ को निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य समेत निर्वाचित भए। उनी त्यसअघि संविधान सभा सदस्य समेत भइसकेका हुन्।



थर्ड पोल 