काठमाडौंमा कोठामा आगो लाग्दा छोरीको जलेर मृत्यु, बुवा घाइते

काठमाडौंमा कोठामा आगो लाग्दा छोरीको जलेर मृत्यु, बुवा घाइते

काठमाडौंमा कोठामा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ। 

सुनसरी बाराहक्षेत्र नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने १८ वर्षीया मुमेन तामाङको मृत्यु भएको हो। 

उनको उपचारको क्रममा चाबहिलस्थित ‌ओम अस्पतालमा सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। 

उनका अनुसार मुमेन महानगरपालिका-६ स्थित राजेशचन्द्र गिरीको घरमा डेरामा बस्थिन्। कोठामा आगो लागेपछि उनी र उनका बुवा ददिराम तामाङ घाइते भएका थिए। 

ददिरामको भने उपचार भइरहेको छ। 

आगलागीबाट कति क्षति पुगेको छ भनेर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए।