काठमाडौं महानगरपालिकाको भवनसँगैको सडक भासियो

काठमाडौं महानगरपालिकाको भवनसँगैको सडक भासियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।यतिबेला सडक भासिएर देखिएको प्वालवरिपरी प्रहरीले घेराहाली राखेको छ।

यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त सडक भासिँदा  विहिबाररातिदेखि नै उक्त बाटो बन्द भएको छ ।