कामना सेवा विकास बैंकका ग्राहकलाई बुध्द एयरको टिकटमा विशेष छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई बुध्द एयरको टिकटमा विशेष छुट

काठमाडौं । कामना सेवा विकास बैंकले बुध्द एयरसँग सेवा शुल्क छुट सम्बन्धी छुट सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुध्द एयरको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यहरुले बुध्द एयरको काउन्टरबाट उक्त छुट पाउनेछन । साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको बुध्द एयरको काउण्टरबाट टिकट लिएपछि बैंकको मोबाइल बैंकिङ मार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउनेछन् ।