क्लासिक टेकको दशैँ अफर : २ वर्ष को इन्टरनेट १ वर्ष को मूल्यमा
काठमाडौं । उत्कृष्ट नेटवर्क इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैं विशेष अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत, ग्राहकहरूले ७० Mbps इन्टरनेट जडान गर्दा मात्र ४४३ प्रति महिनामा वाईफाई सिक्स राउटर पाउन सक्नेछन् । अब १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट सेवा उपलब्ध हुने भएको छ।
वाई फाई सिक्स राउटरको विशेषता र फाइदा :
– एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेट स्पीड नघट्ने ।
– ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने क्षमता भएकोले घर वा अफिस दुवैका लागि उपयुक्त हुने।
– कम लेटेन्सीस् गेमिङ, भिडियो स्ट्रिमिङ वा भिडियो कलमा ढिलाइ नहुने ।
– डबल ब्याण्ड सुविधा (2.4GHz र 5GHz): स्थिर र तेज इन्टरनेटको लागि उपयुक्त रहेको ।
– ब्याट्री बचत सुविधा(Target Wake Time):मोबाइल, ल्यापटप जस्ता डिभाइसहरूको ब्याट्री खपत कम गर्ने ,जस्ता सुबिधा वाई फाई सिक्समा रहेको कम्पनीले बताएको छ।
यो अफर अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुनेछ, जसमा १०० ,२०० र ३००Mbps सम्मका स्पीड अफरहरू समावेश छन्। त्यसैगरी, इन्टरनेट सँगै आइपी टि। भी सेवा पनि उपलब्ध छ, जहाँ मात्र २५० प्रति महिना मा स्मार्ट सेट–टप बक्स प्रयोग गरी विभिन्न च्यानलहरू हेर्न सकिनेछ। क्लासिक टेक सधैं प्रविधि र सेवामा अग्रणी रहँदै, ग्राहकहरूको आवश्यकता अनुसार उच्च स्पीड र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धमा अगाडि रहेको छ।
थप जानकारीको लागि सम्पर्कस् ढठण्ढज्ञडद्धज्ञद्धठ वा कम्पनीको वेबसाइट www.classic.com.np
थर्ड पोल 