घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा

घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा


काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको क्रियाशील सदस्यता कनै पनि नेताको लहडमा खारेज नहुने बताएको छ । बुधबारदेखि ३ दिनसम्म काठमाडौँको महाराजगञ्जस्थित स्माट होटलमा भएको भेलाले ११ बुँदे निर्णय गर्दै पार्टीको क्रियाशील सदस्यता नेताको लहडमा खारेज हुन नसक्ने बताएको हो।

बिहीबार बैठकपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा कुनै नेताको आवेग, उत्तेजना वा लहडका भरमा पार्टीका योद्धा र सहिद परिवारको भावनासँग जोडिएको सदस्यता खारेज हुन नसक्ने उल्लेख छ। पार्टीभित्रको विवाद र महाधिवेशनको विषयबारे छलफल गर्न बसेको भेलाले गत पुसमा सम्पन्न भएको विशेष महाधिवेशनलाई ‘कथित’ को संज्ञा दिएको छ। 

खड्काद्वारा जारी विज्ञप्तिमा एकपक्षीय रूपमा आयोजना गरिएको भनिएको विशेष महाधिवेशन र त्यसबाट घोषित कार्यसमितिलाई पनि ‘कथित’ को संज्ञा दिएका छन् । निर्वाचन आयोगले बहुमतका आधारमा उक्त समितिलाई मान्यता दिने निर्णय गरेकोमा असन्तुष्टि जनाउँदै खड्काले उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको उल्लेख गरेका छन्।