चाडबाडको समयमा समेत तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५ सय बढी गुनासा, बेथिति समाधान गर्दैछु–मन्त्री पुन

चाडबाडको समयमा समेत तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५ सय बढी गुनासा, बेथिति समाधान गर्दैछु–मन्त्री पुन


काठमाडौं ।  पालिकाहरुले चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरुलाई तलब नखुवाएको विषयमा अनुसन्धान गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बताएका छन् ।

शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई रकम पठाइसके पनि पालिकाहरुले तलब खुवाउन ढिलासुस्ती गरेको र अनेक बहाना देखाइ तलब नखुवाएको गुनासोको आधारमा अनुसन्धान गर्ने मन्त्री पुनले बताएका हुन् ।

तलब पाइएन भनेर फोनबाट र इमेलबाट ५०० भन्दा बढी गुनासो आएको मन्त्री पुनले बताएका छन् । गुनासोको संख्या सबैभन्दा धेरै संख्या मधेश प्रदेशको रहेको उनको भनाइ छ ।