चौदण्डीगढीमा एक युवक र एक किशोरीको शव रहस्यमय अवस्थामा फेला

चौदण्डीगढीमा एक युवक र एक किशोरीको शव रहस्यमय अवस्थामा फेला

काठमाडौं ।  उदयपुरमा एक युवक र एक किशोरीको शव रहस्यमय अवस्थामा फेला परेको छ ।  चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा २८ वर्षीय रविन राई र १४ वर्षीया मन्जु राई मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीले जानकारी दिएको छ । 

बेल्टारका प्रहरीका अनुसार आज बिहान अमलचौरी गाउँको बाटोमा मन्जुको शव लडिरहेको अवस्थामा भेटिएको थियो। त्यसको झण्डै दुईसय मिटर टाढा रविनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । स्थानीयले बिहानै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजतलास गर्दा रविनको शव पनि नजिकै फेला परेको थियो।

रबिनको शवबाट मोबाइल समेत फेला परेको छ। मोबाइल बाट समेत केही खुल्न सक्ने भएकाले अनुसन्धान अघि बढिसकेको र मञ्जुको केही ठाउँमा कोतारिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । दुवै शवको कानुनी प्रकृया पूरा गरेर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।