चार्टड एकाउण्टेन्सहरूलाई कर प्रशासनमा प्रवेश गराउन सकारात्मक छु : अर्थमन्त्री महत
काठमाडौं । कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरूलाई प्रवेश गराउन सकारात्मक रहेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन्। अर्थमन्त्री महतले काठमाडौंमा योजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
अर्थमन्त्री महतले चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित रहेको बताए। उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताए।
उनले बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताए। मन्त्री महतले देशको अर्थतन्त्रले बिस्तारै लय समातिरहेको पनि बताए।
थर्ड पोल 