जंगीअड्डा अगाडि तनावग्रस्त, सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै विरोध प्रदर्शन

जंगीअड्डा अगाडि तनावग्रस्त, सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै विरोध प्रदर्शन


काठमाडौं ।  अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् ।

नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने बताएका हुन् ।

समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् । सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।