तीनकुने दङ्गाको बीमा छिटो फछ्र्यौट गर्न निर्देशन, भाटभटेनीमा ८० लाखभन्दा बढीको क्षति

तीनकुने दङ्गाको बीमा छिटो फछ्र्यौट गर्न निर्देशन, भाटभटेनीमा ८० लाखभन्दा बढीको क्षति

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, जडीबुटीलगायतका स्थानमा भएका दङ्गाका कारण बीमितको धनसम्पत्तिमा परेको क्षतिबाट उत्पन्न हुन सक्ने बीमा दाबीलाई सहजरूपमा छिटो फछ्र्यौट गर्न निर्देशन दिएको छ । यसका लागि सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।

प्राधिकरणले दंगाबाट भएको क्षति र असहजतालाई ध्यानमा राख्दै बीमितलाई छिटो राहत दिलाउन बीमा दाबी प्रक्रिया सरल बनाउन निर्देशन दिएको हो ।

भाटभटेनी तोडफोड र लुटपाटमा ८० लाखभन्दा बढीको क्षति
कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोडमा ८० लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । जसमध्ये ६४ लाख ८८ हजार ३३७ रुपियाँ बराबरको सामग्री लुटपाट भएको छ । भवनमा भएको तोडफोडबाट ११ लाख ८५ हजार ८५५ रुपियाँको क्षति पुगेको छ । त्यसैगरी २ लाख ६५ हजार रुपियाँ बराबरका सोकेस तथा अन्य सामग्री नष्ट भएका छन् भने काउन्टरमा राखिएको ९४ हजार रुपियाँ लुटिएको छ