देउवा र प्रचण्डलाई जाँचबुझ आयोगले पठायो प्रश्न

देउवा र प्रचण्डलाई जाँचबुझ आयोगले पठायो प्रश्न

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न पठाएको छ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दुवै नेताको घरमा उच्छृङ्खल समूहले आगजनी गरेका थिए ।

शान्तिपूर्ण प्रदर्शनमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे जाँचबुझ गरिरहेको आयोगले उनीहरूलाई बयानकै शैलीमा प्रश्न पठाएको आयोगका एकजना पदाधिकारीले  बताए । ती पदाधिकारीले भने, ‘उहाँहरू दुवैजनालाई हामीले लिखित प्रश्न पठाएका छौँ ।’

न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउँदै पत्र लेख्ने तयारी गरिरहेको छ । शुक्रवार साँझसम्म ओलीलाई बयानमा उपस्थित हुन पत्राचार गरिने आयोगका एकजना पदाधिकारीले बताए ।