दशैंको बेला चिनियाँ नाकामा कन्टेनर रोकिंदा मारमा नेपाली व्यवसायी 

दशैंको बेला चिनियाँ नाकामा कन्टेनर रोकिंदा मारमा नेपाली व्यवसायी 


काठमाडौं । नेपालीहरूको पर्व दशैंको मुखमा पनि अन्य समयभन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेका भन्दै व्यापारीहरूले गुनासो गरेका छन् ।पहिरोको कारण यो नाका करिब दुई महिनादेखि अवरुद्ध थियो । बल्लतल्ल नाका खुल्दा पनि चिनियाँ पक्षले कम कन्टेनर छाडेपछि दशैंलक्षित सामान ल्याउन समस्या भएको उनीहरूले बताएका छन् ।

दशैंका लागि सामान हालेका व्यवसायीहरूको कन्टेनरहरू चिनियाँ पक्षले पर्याप्त रुपमा नछाड्दा मारमा परेको गोल्डस्टारका सप्लाई हेड संजीव कर्णले जानकारी दिए । दशैँमा बनाएर बेच्नको लागि ल्याइएको ५० करोड बराबरको कच्चा सामान ल्याउन नपाउँदा ३० दिन देखि कारखाना नै नचलेको बताउँछन् ।

गोल्ड स्टारका सप्लाई हेड कर्णले दशैंको लागि लिएर आएको १७ वटा कन्टेनरमध्ये दुईवटा कन्टेनर मात्र नेपाल भित्रिएको जानकारी दिए । दशैंको लागि भनेर गोल्ड स्टार जुत्ताको कच्चा पदार्थ ल्याएको कन्टेनर चिनमै रोकिएपछि ठूलो मारमा परेको जानकारी दिए।