दशैं अफरः सारथीको इलेक्ट्रिक स्कुटर किन्दा २५ हजारसम्म छुट पाइने
काठमाडौं । सारथी ब्राण्डका इलेक्ट्रिक स्कुटरले दशैं लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, नगदमा स्कुटर खरिद गर्ने ग्राहकहरूले २५ हजार रुपैयाँसम्मको नगद छुट पाउने भएका छन् ।
सारथीको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले जनाएअनुसार, नगद छुटका अतिरिक्त ग्राहकहरूलाई एउटा हेलमेट, रेनकोट, र चालू आर्थिक वर्षको सडक कर समेत कम्पनीले नै तिरिदिनेछ । साथै, पहिलेदेखि नै दिइँदै आएको ६ वटा फ्रि सर्भिस र २ वर्षको वारेन्टी भने यथावत नै रहने कम्पनीले जनाएको छ ।
यो विशेष अफर सारथी ब्राण्डका दुईवटा लोकप्रिय मोडेल इकुटर इ३ र विँगरमा लागू हुनेछ । अफरपछि इकुटर इ३ को मूल्य १ लाख ९१ हजार रुपैयाँ र विँगरको १ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
थर्ड पोल 