नक्कली नेपाली नोट सहित सर्लाहीमा एक व्यक्ति पक्राउ 

1.

सर्लाहीमा २ लाख ६८ हजार नक्कली नेपाली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरको छ।  

बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद रायलाई प्रहरीले पक्राउ गरेको हो। 

बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राम प्रसादको साथबाट उक्त नोट, कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डलसहित फेला पारी बिहीबार साँझ  पक्राउ गरेको प्रहरीले जनाएको छ  । साथै उक्त स्थानबाट बिआर ३० ए ५९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।   

अहिले उक्त विषयको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।