नेपाल र भारतबीच यी विषयमा भयो सम्झौता 

नेपाल र भारतबीच यी विषयमा भयो सम्झौता 

काठमाडौ,  १८ जेठ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् ।भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने बताए ।

 त्यस्तै प्रधानमन्त्री  ‘प्रचण्ड’ को भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारीदेखि क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी भएको छ । प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् ।

नेपाल र भारतबीच यी विषयमा भयो सम्झौता  :
भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन 
सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास
नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास
सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी
दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी
फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता
क्रस बोर्डर पेमेन्टबारे समझदारी