रास्वपाले पार्टीको डिजिटल प्ल्याटफर्मबारे सांसदहरूलाई अभिमुखीकरण दिने

रास्वपाले पार्टीको डिजिटल प्ल्याटफर्मबारे सांसदहरूलाई अभिमुखीकरण दिने

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई पार्टीको डिजिटल प्ल्याटफर्म 'पल्सआरएसपी'बारे अभिमुखीकरण दिने भएको छ।

पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रियाअन्तर्गत बनाइएको पल्सआरएसपी नामको सिस्टमबारे जानकारी दिने र साइबर सुरक्षासम्बन्धी सचेतना समेत दिनेगरी शुक्रबार बैठक राखिएको छ।

बैठक बिहान १० बजे रास्वपा संसदीय दल कार्यालय सिंहदरबारमा राखिएको नेता कविन्द्र बुर्लोकोटीले जानकारी दिए।

पल्सआरएसपीमा ‍हरेक सांसदले अनिवार्य रूपमा आफ्नो गतिविधि अपडेट गराउनुपर्नेछ। त्यसबाट एकअर्कासँग भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने व्यवस्था गरिएको छ।