नियन्त्रणमा आयो शंखमुलमा भएको आगलागी

 नियन्त्रणमा आयो शंखमुलमा भएको आगलागी

काठमाडौं । काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।आइतबार दिउँसो शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो । 

लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ । आगलागी भएपछि काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको थियो  । आगलागीबाट भएको क्षतिको विवरण आउँ बाँकी छ ।