नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

साताको दोस्रो कारोबार मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । हिजो सोमवार ४४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ७८ अङ्कले घटेर दुई हजार तीन सय ८५ दशमलव ०२ विन्दुमा झरेको छ । 

आज होटल तथा उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा, जीवन बीमा, उत्पादन, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ३७ वटा कम्पनीको ३७ लाख ८३ हजार कित्ता शेयर एक अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ७५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।