पत्रकार पाठकको बयान र थुनछेक बहस न्यायाधीश भट्टको इजलासमा
काठमाडौं । जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार दिलभूषण पाठकको बयान र थुनछेक बहस हुने भएको छ । विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज आफैँ अदालतमा उपस्थित भएका हुन् ।
साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो । पाठक उपस्थित भएपछि आज बयान र थुनछेकका लागि न्यायाधीश भट्टको ३१ नम्बर इजलासमा पेसी तोकिएको सूचना अधिकार दीपककुमार श्रेष्ठले बताए ।
साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी उनीविरुद्ध गरिएको छ ।



थर्ड पोल 