देशको आर्थिक अवस्थाबारे जानकारी दिन अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै
देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्ने भएका छन् । अर्थमन्त्री शर्माले सोमवार अपराह्न अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर अर्थतन्त्रको चित्र सार्वजनिक गर्ने भएका हुन् ।
अर्थमन्त्रीले गभर्नरलाई निलम्बन गरेपछि मन्त्री शर्माले पत्रकार सम्मेलन गरेरै अर्थतन्त्रको अवस्थाबारे जानकारी दिएर आफ्नो भनाइ पनि राख्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थतन्त्र संकटोन्मुख भएको भन्दै आइतवार मात्रै ३ पूर्वअर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका थिए ।
आयात र निर्यातको सन्तुलन नमिलेका कारण मुलुकले ११ खर्ब ६० अर्बको व्यापार घाटा भोग्नुपरेको छ ।मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति पनि निरन्तर घट्दै गएकाले अर्थतन्त्रबारे चिन्ता बढ्न थालेपछि अर्थ मन्त्रालयले औपचारिक रुपमा धारणा सार्वजनिक गर्न लागेको हो ।
