प्रतिनिधिसभा निर्वाचन : मुस्ताङ हिमपातको डर

प्रतिनिधिसभा निर्वाचन : मुस्ताङ हिमपातको डर

आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ ।

मुस्ताङमा निर्वाचनका लागि यहाँ सबै मतदान केन्द्र तथा मतदानस्थलमा सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रमलाई असर पुर्‍याउन सक्ने आकलन गरिएको छ । हिमपात भएको अवस्थामा मतदाता गन्तव्यमा पुगेर मतदान गर्न असहज हुने भएकाले त्यसको पूर्वतयारी पनि थालिएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ-डोल्पा सडकमा बाक्लो हिउँ जमेका कारण एक महिना अघिदेखि सडकमा यातायात सेवा अवरुद्ध छ ।

मुस्ताङमा फागुन/चैत महिनामा हिमपात भएको विगतका अनुभवहरु छन् । हिमपात भएमा मतदाता र मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई समस्या सिर्जना हुनसक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् ।