प्रधानमन्त्री प्रचण्डले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउछौँ : गगन थापा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चेतावनी दिएका छन् । आज भक्तपुरमा आयोजित क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले, दाहाललाई कांग्रेसले प्रधानमन्त्री बनाएको भन्दै राम्रो काम गर्न नसके खुमलटारबाट बालुवाटार फर्काउने चेतावनी दिएका हुन् ।
खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसले राख्ने उनको तर्क छ । उनले भने,‘ प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसले राख्छ । ’
उनले नेपाली कांग्रेसको अस्तित्वलाई नजरअन्दाज गरियो भने देश गृहयुद्धमा फस्ने चेतवानी दिए । ‘अहिले नेपाली काँग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ । कि त धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा नेपाल गाँजिन्छ पर्छ ।’ उनले भने ‘काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन मान्नु पर्छ हामीले । अब अहिले फेरि हामीले जिम्मा पाएका छौँ । कसैलाई दोष दिन मिल्दैन् । यो बेला हामीले काम गर्नुपर्छ ।’
थर्ड पोल 